दमक / दमक नगरपालिकाले गत आर्थिक बर्ष २०७७/०७८ को बार्षिक समिक्षा गोष्ठी शुक्रबार सम्पन्न गरेको छ ।
नगरपालिकाको बार्षिक कार्यक्रम अन्तर्गत नगर प्रमुख रोमनाथ ओलीको अध्यक्षतामा सञ्चालन गरिएको गोष्ठीमा विभिन्न बिषयगत शाखाका प्रमुख तथा प्रतिनिधिहरुले आआफनो शाखाका योजना तथा कार्यक्रमहरु र तिनको कार्यान्वयनको अवस्था बारेमा प्रस्तुति दिएका थिए । आर्थक प्रशासन प्रमुख देवी प्रसाद कोइरालाले नगरपालिकाले संघीय सरकारको सशर्त, समानिकरण र आन्तरिक स्रोतबाट गरेको आम्दानी तथा विभिन्न शीर्षकमा भएको कूल खर्चको फेहरिस्त प्रस्तुत गर्दै संघीय तथा प्रदेश सरकारबाट प्राप्त करिब ४० करोड रुपैयाँ विभिन्न कारणले फिर्ता गएको जानकारी गराए । कोरोना संक्रमणका कारण नगरपालिकाको आन्तरिक आम्दानी समेत प्रभावित भएको र कतिपय कार्यक्रमहरुमा समेत त्यसले असर पुरयाएको उल्लेख गरे । नगरपालिकाले गत आर्थिक बर्ष २०७७/०७८ मा कूल १ अर्ब ५१ करोड रुपैयाँ आम्दानी गरेको र करिब १ अर्ब १२ करोड खर्च गरेको आर्थिक प्रशासन प्रमुख कोइरालाले जानकारी गराए ।


सोही अवसरमा योजना तथा मुल्याङकन शाखाको तर्फबाट इञ्जिनियर अनन्त सेनेहाङ, शिक्षा शाखाको तर्फबाट अधिकृत प्रविण खडका, सामाजिक विकाश शाखाका तर्फबाट प्रमुख केशव प्रसाइँ लगायत सबै शाखाका प्रमुख तथा प्रतिनिधिहरुले आआफनो शाखाको प्रतिवेदन प्रस्तुत गरेका थिए । नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सामाजिक विकास शाखाका डम्बर बरालले सञ्चालन गरेका थिए भने कार्यक्रममा नगरका निर्विाचित जनप्रतिनिधि, कर्मचारी, नगरस्थित विभिन्न राजनीतिक दल, सामाजिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु लगायत सहभागी थिए ।

Facebook Comments Box