दमक /  दमकको झापा मोडल अंग्रेजी मावि (जेम्स ) का बिद्यार्थीहरुले दमक नगरपालिकाबाट महिला सशक्तिकरण तथा वातावरण क्षेत्रमा भइरहेका काम, आगामी रणनीति र कार्ययोजनाहरुका बिषयमा छलफल गरेका छन् । स्थानीय समुदायसंग बालबालिकालाई जोडने कार्यक्रम अन्तर्गत बिद्यालयका करिब ६० जना बिद्यार्थीहरुको समूहले नगरपालिकाका जनप्रतिनिधि र सम्बद्ध शाखाका कर्मचारी एवं बिषय विज्ञहरुसंग त्यसबारेमा साक्षात्कार गरेका हुन् ।

सो अवसरमा दमक नगरपालिका उपप्रमुख तथा शिक्षा समिति संयोजक गीता अधिकारी, समाजकल्याण शाखाका प्रमुख केशव प्रसाइँ, वातावरण विभाग प्रमुख ज्ञानेन्द्र चौधरी लगायतले सम्बन्धित बिषयमा बिद्यार्थीहरुले राखेका जिज्ञासाको समाधान गरेका बिद्यालयका प्रिन्सिपल सागर श्रेष्ठले जानकारी दिए ।

Facebook Comments Box