धर्मानन्द भट्टराई झापाको क्षेत्र नं ५ अन्तर्गत कमल गाउँपालिका वडा नं ६ निवासी हुन । छोटो समय राष्ट्रसेवक कर्मचारीका रुपमा रहेर सेवा गरेका उनले आफनो लक्ष्य राजनीतिक जिवन बिताउने भएका कारण जागिरे जिवन छोटै समयमा टुंग्याएका हुन । पुख्र्यौली ताप्लेजुङ भएका भट्टराई पारिवारिक कारणले झापा झरेका हुन ।

केही समय तत्कालिन गौरादह गाविसको वडा नं ४ मा नेपाली कांग्रेसको वडा सचिव भएर जिम्मेवारी सम्हाल्न शुरु गरेका उनले तत्कालिन लखनपुरको ५ नम्बर वडा सभापतिको जिम्मेवारी सम्हाले । वडा सभापतिको जिम्मेवारीसंगै उनले नेपाल तरुण दलमा आवद्ध भएर पनि विभिन्न राजनीतिक परिवर्तनका आन्दोलनहरुमा सशक्त भुमिका निर्वाह गरेका छन ।
३ बर्ष अघि नेपाली कांग्रेसमा तत्कालिन झापा क्षेत्र नं ७ को सचिव मनोनित भएका उनले यस अवधिमा कांग्रेसका तर्फबाट यस क्षेत्रमा सशक्त प्रतिपक्षको भुमिका निर्वाह गर्दै आएका छन । कडा र हक्की स्वभावका कांग्रेस नेता केशवकुमार बुढाथोकीको शैलीबाट प्रभावित भट्टराई केन्द्रीय राजनीतिका युवा नेतृत्वहरु विश्वप्रकाश शर्मा, गगन थापा, प्रदिप पौडेल लगायतका नेताहरुसंग पनि उत्तिकै निकट सम्बन्ध राख्छन ।
झापामा पाँच वटा निर्वाचन क्षेत्र कार्यान्वयन भएपछि कांग्रेस क्षेत्र नं ५ झापाको सचिवको भुमिका निर्वाह गरिरहेका उनले आफनो जिवनको महत्वपूर्ण समय राजनीतिका लागि भनेर नै छुट्टयाएको बताउँछन । युवाहरु माझ लोकप्रिय भट्टराई पार्टीमा पुस्ताहस्न्तारणको पक्षमा रहेको बताउँदै भन्छन – अब पुरानै पुस्ताबाट कांग्रेस पार्टी चल्न सक्दैन ।
पाकाहरुको अनुभवलाई समेटदै युवाहरुले नेतृत्व लिनुपर्छ । अहिले कांग्रेस झापा ५ को क्षेत्रीय अधिवेशनमा सचिव पदका लागि निर्वाचन लडने तयारीमा रहेका उनी आफूले केही समय मनोनित भएर सम्हालेको सचिवको जिम्मेवारीलाई नेता कार्यकर्ताहरु माझ अनुमोदनका लागि पनि आफू सचिव पदमा उम्मेदवार बनेको बताए । पार्टीमा निरन्तरता र सकृयता काङ्ग्रेसको आबश्यकता हो– भट्टराई भन्छन पेशाले सहकारीकर्मी उनी लायन्स क्लब दमक लखनपुरका संस्थापक अध्यक्ष, लखनपुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको लेखा संयोजकका रुपमा समेत रहेर समाजका गतिबिधिहरुमा आफूलाई सक्रिय बनाइ रहेका छन ।