दमक/ आठौं “साधनादेवी प्रहरी पराक्रम पुरस्कार” प्रहरी निरीक्षक योगराज खतिवडा र प्रहरी नायव निरीक्षक रुद्र बहादुर खडकालाई प्रदान गरिएको छ । नगद एक लाख राशीको सो पुरस्कार प्रदेश भरिबाट उत्कृष्ट कार्य गर्ने ईलाका प्रहरी कार्यालय चैनपुर संखुवासभाका प्रहरी निरीक्षक खतिवडा र १ नं. प्रदेश प्रहरी कार्यालय, प्रदेश अनुसन्धान समूहका खडकालाई ६६ औ प्रहरी दिवसका अवसरमा प्रदान गरिएको हो । प्रदेश प्रहरी कार्यालयल बिराटनगरले २०७८ भदौ २१ गते जिल्ला संखुवासभा, मादी नगरपालिका १ खोलागाँउका एकै परिवारका ६ जनाको हत्या भएको घटनाको सफल अनुसन्धान गरि हत्यामा संलग्न ५ जना अभियुक्तहरुलाई पक्राउ गरेर कानूनी दायरामा ल्याउन सफल भएको ठहर गर्दै सो पुरस्कार प्रदान गरेको हो ।

वर्षभरिमा उत्कृष्ठ ठहरिएका प्रहरी कर्मचारीहरु मध्येबाट साहसिक एवं चुनौतीपूर्ण कार्य गर्ने प्रहरी कर्मचारीलाई प्रत्येक वर्ष प्रहरी दिवसको अवसरमा पुरस्कारका संस्थापक प्रतिनिधीद्वारा नगद पुरस्कार प्रदान गर्ने गरिएको छ । प्रहरी द्धय खतिवडा र खड्कालाई साधनादेवी प्रहरी पराक्रम पुरस्कार कोषका संस्थापक प्रा.डा. बिक्रम प्रसाद श्रेष्ठले १ लाखको चेक तथा प्रशंसा–पत्र समेत प्रदान गरेका हुन ।
प्रहरी जवान तथा अधिकृतहरुको मनोबल उच्च राख्न यस साधनादेबी प्रहरी पराक्रम पुरस्कारले महत्वपूर्ण भुमिका निर्बाह गर्ने बताउदै आफ्नी स्वर्गिय माता साधना देबी श्रेष्ठको नाममा बार्षिक रुपमा यो पुरस्कार प्रदान गरि आएको छ । पुरस्कृत हुने प्रहरी द्धय खतिवडा र खड्काले आफूबाट सम्पादित कार्यहरुको मुल्यांकन गर्दै उत्कृष्ट प्रहरीको रुपमा आफुलाई छनौट गरिएबाट संगठनले आफूलाईसम्मान गरेको र यसले अझ बढी जिम्मेवार भएर आफ्नो दायित्व निर्वाह गर्न प्रेरणा मिलेको बताएका छन् ।
साथै प्रहरी दिवशको अवसरमा साधनादेवी प्रहरी पराक्रम पुरस्कारका संस्थापक प्रा.डा. विक्रम प्रसाद श्रेष्ठलाई प्रमुख अतिथी मुख्य मन्त्री भीम प्रसाद आचार्यले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।