दमक/नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशन अन्तर्गत हुने झापा क्षेत्र नं ५ ख ( दमक लखनपुर खण्ड) को प्रदेश अधिवेशन प्रतिनिधिमा ८ औं महाधिवेशनका प्रतिनिधि कृष्णराज खतिवडाले उम्मेदवारी दिने भएका छन । खतिवडा १४ औं महाधिवेशनमा दमक ५ बाट क्षेत्रीय प्रतिनिधि चुनिएका छन ।

साविक तोपगाछी हुँदै हाल दमकको ५ नम्बर वडाका स्थायीबासिन्दा खतिवडा झापा कांग्रेस वृत्तमा पुराना जुझारु कार्यकर्ता हुन । झापाको तत्कालिन निर्वाचन क्षेत्र नं ५ अन्तर्गतको तोपगाछी २ हाल कमल ३ मा रहँदा खतिवडाले २०४७/०४८ सालताका कांग्रेसको गाउँ सचिव हुँदै पार्टीका पूर्व क्षेत्रीय सभापति चन्द्रबीर नेम्बाङको कार्यकालमा क्षेत्रीय सचिवको समेत जिम्मेवारी सम्हालिसकेका छन ।
महापञ्चकन्या हाउजिङ प्रालिका अध्यक्ष समेत रहेका खतिवडा दमकको निर्माणाधिन भ्यू टावर निर्माणस्थल, अपाङग सहयोग समितिको भवन निर्माणस्थलका जग्गादाता पनि हुन । विभिन्न धार्मिक तथा सामाजिक काममा बिना आग्रह पूर्वाग्रह आफनो क्षमता अनुसारको सहयोग गर्न हात अघि बढाउन तयार हुने गरेका खतिवडा राजनीतिले ठिक बाटो समात्न नसक्दा राजनीतिक दुर्घटनाको खतरा हुने भन्दै कांग्रेसलाई सहि ट्रयाक ( बाटो) मा हिंडाउन आफनो उम्मेदवारी रहेको बताउँछन ।