दमक/ कोशी लोकमार्ग अन्तर्गत धनकुटा ६ औद्योगिक क्षेत्र नजिकै यात्रुबहाक जिपको ब्रेकफेल भएर दुर्घटना हुँदा भएको दुर्घटनामा ८ जना गम्भिर घाईते भएका छन । हिजो साँझ करिब ६ बजे खादवारीबाट धरान तर्फ जादै गरेको को.१ ज ३४४४ नम्बरको जीप दुर्घटना हुँदा
संखुवासभा पाचखपन नगरपालिका ४ का ८६ बर्षिय लोकमान तामाङ , संखुवासभा पाचखपन नगरपालिका ४ का ६० बर्षिय कुल बहादुर तामाङ , भोजपुर कुलुङ २ की ८४ की कल्पमाया कटुवाल, कुलुङ २ की २९ बर्षिया कल्पना बस्नेत गम्भिर घाईते भएका छन । त्यसैगरी भोजपुर कुलुङ २ की १७ बर्षिया विपना कटुवाल सामान्य घाईते भएकी छिन ।
ट्याक्टरले स्कुटरलाई ठक्कर दिँदा गम्भिर घाईते
त्यसैगरी झापाको भद्रपुर –२ सगरमाथा चौकमा प्र १–०१–०१४ प ५६५१ नम्बरको स्कुटरलाई विपरित दिशाबाट आउँदै गरेको मे१त २९९८ नम्बरको ट्याक्टरले ठक्कर दिदा एक जना गम्भिर घाइते भएका छन । झापा हल्दिबारी १ का २३ बर्षिय सागर लिम्बु गम्भिर घाईते भएका हुन । उनको उपचारका लागि ओमसाई पाथिभरा हस्पिटल भद्रपुर पठाईएको जनाइएको छ ।

 

Facebook Comments Box