शिवसताक्षी/झापा शिवसताक्षी नगरपालिकामा योङ्ग कम्यनिष्ट लिंग (वाइसिएल) को वडा कमिटी गठन भएको छ ।
नेकपा माओवादी केन्द्रको उत्तराधिकारी संगठन वाइसिएलको शिवसताक्षी वडा नं. ७मा गौरव बजगाइको अध्यक्षतामा २९ सदस्यीय वाड नम्बर ५ मा चित्र कुमार श्रेष्ठको अध्यक्षता २३ सदस्यीय, वाड नम्बर ४ मा गुरु प्रसाद् माझीको अध्यक्षतामा १९ सदस्यीय वडा कमिटि गठन भएको हो ।
वडा नं ७ को चन्द्रडागीमा सम्पन्न भेलाले समितिको सचिवमा बिबेक आचार्य कोषाध्यक्ष प्रमिला दर्नाललाई चयन गरेको छ ।

जनता बजारमा भएको भेलाले वाड नम्बर ५ को उपाध्यक्षमा मेघराज ताजपुरिया सचिवमा बिक्रम लिम्बु सहसचिवमा भैरब ताजपुरियालाई चयन गरेको छ ।
त्यस्तै वाड नम्बर ४ को उपाध्यक्षमा कुलदिप ताजपुरिया सचिव राजेश ताजपुरिया स– सचिव बुधकरन राजबंशी कोषाध्यक्ष भिमवति माझी चयन भएका छन । कार्यक्रममा नेकपा माओवादी केन्द्रका झापा जिल्ला सह इन्चार्ज झलक सिंह दर्लामी ,प्रदेश कमिटी सदस्य कल्पना कार्की नगर अध्यक्ष महेन्द्र भट्टराई लगायत ले मन्तब्य राखेका थिए । कार्यक्रममा माओवादी केन्द्रका जिल्ला सइन्चार्ज झलक सिह दर्लामीको प्रमुख आतिथ्य मा प्रदेस सदस्य कल्पना कार्की जिल्ला सचिबालय सदस्य राम बहादुर राई नगर अध्यक्ष महेन्द्र भट्टराई, नगर अध्यक्ष अध्यक्ष इन्द्र नेउपानेको आतिथ्य रहेको थियो
कार्यक्रममा नगर सदस्य कचाली ताजपुरिया भुवन राई ,गणेश बजगाइ,गुलाफी ताजपुरिया वाड नम्बर ७ का वडाध्यक्ष अम्बिका अधिकारी सचिवमा चैतु राजबंशी वडा नम्बर ४ का अध्यक्ष शिव बिमली सचिव टेक नारायण राजबंशी वाड नम्बर ५ का अध्यक्ष हलचल ताजपुरिया सचिव नरबहादुर लिम्बू लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन पार्टीका जिल्ला सदस्य भुवन राईले गरेका थिए भने स्वागत शिव बिमलीले गरेका थिए । कार्यक्रम कृष्ण राजबंशीको अध्यक्षतामा भएको थियो ।

Facebook Comments Box