दमक/ भारतको राजधानी नयाँ दिल्लीमा पेट्रोलको मूल्यले नयाँ रेकर्ड बनाएको छ । भारतीय समाचार एजेन्सी एएनआईका अनुसार दिल्लीमा पेट्रोलको मूल्य १०२ रुपैयाँ १४ पैसा प्रति लिटर पुगेको छ । पेट्रोलको मूल्य दिल्लीभन्दा बढी मुम्बईमा १०८ रुपैयाँ १९ पैसा प्रतिलिटर पुगेको छ । शनिबार पेट्रोल मूल्यमा २५ पैसा र डिजलको मूल्यमा ३० पैसा बढाएको जनाइएको छ । पछिल्लो एक हप्तामा पेट्रोलको मूल्य चार पटक बढाइएको जनाइएको छ । त्यसैगरि डिजलको मूल्य पनि सय नजिक पुगेको छ ।
कोरोना महामारीका कारण विश्वव्यापी उत्पादन प्रभावित भएपछि इन्धनको मूल्य बढेको बताइएको छ । पछिल्लो पटक बढेर पुगेको मूल्य पछिल्लो तीन वर्षयताकै सबैभन्दा बढी भएको जनाइएको छ ।

Facebook Comments Box