दमक/ “६६ औँ प्रहरी दिवस २०७८“ को अवसरमा प्रहरी–प्रहरीबीच आयोजित डबल ब्याडमिन्टन प्रतियोगिता र सिंगल, डबल टेबलटेनिस प्रतियोगिता शनिबार (आज) सम्पन्न भएको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको आयोजनामा प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरिक्षक अरुण कुमार बि.सीको प्रमुख आतिथ्यमा भएको सो प्रतियोगितामा ब्याडमिन्टन तर्फ १६ टिम, डबल टेबलटेनिस तर्फ १५ टिम र सिंगल टेबल टेनिस तर्फ १२ टिमको प्रतिस्पर्धा भएको थियो ।


डबल ब्याडमिन्टन प्रतियोगितामा बिजेता हुने जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरिक्षक जनार्दन जि.सी. र प्रहरी जवान जनम राई रहेका छन् भने १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्रका प्रहरी निरिक्षक खगेन्द्र एक्तेन र प्रहरी नाब निरिक्षक बुद्धी दराई उपविजेता बनेका छन् । त्यस्तै डबल टेबलटेनिस तर्फ१ नम्बर प्रदेश प्रहरी तालिम केन्द्रका प्रहरी हवल्दार आशाराम चौधरी र प्रहरी हवल्दार मान बहादुर राजबंशी विजेता बनेका छन् भने सिंगल टेबलटेनिस तर्फ बिजेता सोही केन्द्रका प्रहरी हवल्दार आशाराम चौधरी र उपबिजेता प्रहरी सहायक निरिक्षक देवी प्रसाद ढकाल बनेका छन् । खेल प्रतियोगितामा बिजेता तथा उपबिजेता हुने टिमहरुलाई आगामी असोज २० गते हुने “६६ औँ प्रहरी दिवस २०७८“ मा पुरस्कार वितरण गरिने कार्यक्रम रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

 

Facebook Comments Box