पथरीशनिश्चरे/ नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गतको नगर अधिवेशनबाट पथरीशनिश्चरे नगर कार्य समितिको सभापति पदमा रूपनारायण भट्टराई निर्वाचित भएका छन । आज शनिवार भएको निर्वाचनमा नवनिर्वाचित सभापति भट्टराईले ८२ मत प्राप्त गरी विजय हासिल गरेका हुन् । उनका प्रतिद्धन्द्धी इश्वर बहादुर थापाले ५४ मत प्राप्त गरेका छन । कूल १ सय ९९ मत खसेको थियो । नगर उपसभापतिमा सर्वाधिक १४८ मत ल्याएर सन्तोष कार्की र ९३ मत ल्याएर कूल बहादुर गुरुङ विजयी भएका छन ।


त्यसैगरी सचिवद्धयमा सोमबहादुर कटुवाल १३० मत र योगराज पाठक १०८ मत ल्याएर विजयी भए । सहसचिवद्धयमा खगेन्द्र बहादुर बस्नेत ११९ मत र सोफिया कटुवाल १२० मत ल्याएर विजयी भएका निर्वाचन समितिले जनाएको छ ।
नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई प्रमाण पत्रसहित पदीय जिम्मेवारी दिइएको निर्वाचन समितिका सदस्य प्रेम केडी भट्टराईले जानकारी दिए ।

Facebook Comments Box