गौरादह/नेपाल राष्ट्रिय शिक्षक सङ्गठन गौरादह नगर कमिटीको नगर परिषद् नमूना एकीकृत सहकारी खेतीको सभाहलमा सम्पन्न भएको छ । कार्यक्रममा शपथ ग्रहण एवम् विजयादशमीको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम समेत गरिएको थियो ।
सङ्गठनका नगर कमिटी अध्यक्ष लीलानाथ गौतमको अध्यक्षता र नेपाल राष्ट्रिय सङ्गठन प्रदेश नं. १ का अध्यक्ष बुद्धिमान कार्कीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा आर्थिक प्रतिवेदन सङ्गठनका कोषाध्यक्ष माधव निरौलाले र साङ्गठनिक प्रतिवेदन सचिव दीपक सुवेदीले प्रस्तुत गरेका थिए । नगर परिषद्ले सङ्गठनका आगामी नीति तथा कार्यक्रम समेत पारित गरिएको थियो । कार्यक्रममा ४ र ५ नम्बर वडा कमिटीका अध्यक्ष श्याम ओस्ती, पूर्व जिल्ला सदस्य गोपीनाथ धमला, प्रगति माध्यमिक विद्यालयका प्रधानाध्यापक एवम् कार्यदल सदस्य डिल्लीराम अधिकारी, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन गौरीगन्ज गाउँपालिकाका अध्यक्ष भीम कार्की, नेकपा एमाले गौरादह नगर कमिटीका अध्यक्ष मित्रदेव काफ्ले र नेपाल राष्ट्रिय सङ्गठन प्रदेश नं. १ का अध्यक्ष बुद्धिमान कार्की लगायतले बोलेका थिए ।
कार्यक्रममा नगरभित्र गठन गरिएका वडा कमिटीका पदाधिकारीहरूलाई प्रमुख अतिथि कार्कीले शपथ ग्रहण गराएका थिए । कार्यक्रममा सङ्गठनका उपाध्यक्ष तीर्थकुमार भुजेलले स्वागत गरेका थिए भने सचिव दीपक सुवेदीले कार्यक्रम सञ्चालन गरेका थिए ।