००३ सालदेखि मुलुकमा सक्रिय राजनीतिक दलका रुपमा रहेको नेपाली कांग्रेस भित्र महिला सहभागिता र नेतृत्वको बिषय उठेको बर्षौ बितेको छ । आफूलाई समावेशी चरित्रको पार्टी भन्न रुचाउने कांग्रेस भित्र नेतृत्वमा महिलालाई अवसर कमै थियो भन्ने उदाहरण हेर्न धेरै टाढा जानु पर्दैन । त्यो झापाको दमकमा पाइन्छ ।
हुन त पार्टीलाई चलायमान बनाउने भातृ संघहरु मध्येको एक हो नेपाल महिला संघ । कांग्रेसमा महिला नेतृहरु महिला संघमा मात्रै सिमित रहेका पनि होइनन । दमक नगरबाटै कांग्रेसमा महिला नेतृहरु कांग्रेस महासमिति सदस्य र सांसद समेत भइसकेका छन । तर कांग्रेसको संगठन निर्माणको आधार स्तम्भ मानिएको स्थानीय गाउँ/नगर समिति हो ।
अहिलेसम्म कांग्रेसको दमक नगर समितिमा महिलाहरुलाई सदस्यका रुपमा मात्रै सिमित गरिएको थियो । यस पटक १४ औं महाधिवेशन अन्तर्गतको नगर अधिवेशनमा पहिलो पटक कांग्रेसले नगर पदाधिकारीमा महिलालाई पाएको छ ।
गएको ९ असोजमा भएको १४ औं अधिवेशन अन्तर्गत १० असोजमा भएको निर्वाचनमा एक जना महिला पदाधिकारी पुरुष उम्मेदवारहरुसंगको प्रतिस्पर्धाबाट चुनिएकी छिन ति हुन रमुना पौडेल (चापागाइँ ) । उनी सहसचिवका अन्य ४ प्रतिस्पर्धी पुरुष उम्मेदवारहरुलाई पछि पादै कूल १ सय १७ मत ल्याएर कांग्रेसको नगर समितिमा निर्वाचित हुने पहिलो नगर पदाधिकारी महिला बनेकी छिन । कांग्रेस दमक नगरका पूर्व सभापति एवं महाधिवेशन प्रतिनिधि रोशन गौतम भन्छन– अहिले सम्म दमक नगर पदाधिकारीमा कोही पनि महिलाले जिम्मेवारी सम्हालेको रेकर्ड थिएन रमुना पहिलो नगर पदाधिकारी महिला बन्नु भएको छ । कांग्रेस दमकको पद हस्तान्तरण कार्यक्रम शुक्रबार भइरहँदा वक्ताहरुले पार्टीको स्थानीय नेतृत्वमा कायम भएको पहिलो रेकर्डका बिषयलाई कुनै प्राथमिकता दिएनन ।
को हुन रमुना ?
रमुना दमक ३ की स्थायीबासिन्दा हुन । २०३९ साल फागुन १२ गते ताप्लेजुङको सिकैचामा बुबा पूर्ण प्रसाद पौडेल र आमा यशोदाकी सुपुत्रीका रुपमा जन्मिएकी रमुनाले प्रारम्भिक शिक्षा ढुकुरपानी माविबाट लिएकी हुन भने उच्च शिक्षा दमक बहुमुखी क्याम्पसबाट हासिल गरेकी हुन । २०५६ सालमा दमक ३ का नारायण चापागाइँसंग बैबाहिक जिवन शुरु गरेकी उनले स्वास्थ्य बिषयको समेत अध्ययन गरेर छोटो समय स्वास्थ्य क्षेत्रमा काम गरिन । उनी गत स्थानीय निर्वाचनमा कांग्रेसको तर्फबाट वडामा महिला सदस्य तर्फ उम्मेदवार भएर १३६५ मत प्राप्त गरेकी थिइन ।

नगरमा कांग्रेसले लज्जास्पद हार ब्यहोर्दै गर्दा कांग्रेसका तर्फबाट वडामा उनले पाएको मतलाई सम्मानजनक मतका रुपमा लिइएको थियो । राजनीतिमा महिला सहभागिता र पहुँचको सन्दर्भमा रमुना भन्छिन– सबैको साथ, सहयोग , हौसलाबाट मात्रै महिलाहरु अगाडी बढन सक्छन । कांग्रेस दमकको इतिहासमा बनाएको यो नयाँ रेकर्ड त्यसैको उपज भएको उनको बुझाई छ । शुक्रबार पदस्थापन कार्यक्रमपछि निष्कर्ष न्यूजसंगको कुराकानीमा रमुनाले भनिन– सबैले विश्वास गर्नुभयो , साथ सहयोग रहयो र म आफैं पनि सक्रिय भएर लागें त्यसको परिणाम यो नतिजा ल्याउन सफल भएँ । उनले राजनीतिमा आफनो यात्रालाई निरन्तर अघि बढाउने लक्ष्य रहेको पनि बताइन ।

Facebook Comments Box