उर्लाबारी/मोरङको रतुवामाई नगरपालिका ८ आँमडाडा स्थित आँमबारी–उर्लाबारी सडक खण्डमा ट्याक्टर र मोटरसाईकल एक आपसमा ठोक्किएर भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ ।
दुर्घटनामा अर्का एक जना घाईते भएका छन् । प्रहरीका अनुसार हिजो बेलुका ८ बजे मे१त ४४८७ नम्बरको ट्रयाक्टर र बिपरीत दिशाबाट आउदै गरेको प्र–३–०२–००२ प ४५८७ नम्बरको मोटरसाईकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाईकल चालक सोही ठाउँका २७ बर्षीय बिबेक पोखरेल र पछाडी सवार २८ बर्षीय यादव पाठक घाईते भएका थिए । घाईते मध्ये पाठकको उपचारको क्रममा न्यूरो अस्पताल विराटनगरमा हिजो राती साढे ८ बजे मृत्यु भएको छ । ट्याक्टर र चालक रतुवामाई नगरपालिका २ का ३२ बर्षीय गणेश पासवानलाई ईलाका प्रहरी कार्यालय सिजुवाले नियन्त्रणमा लिएको छ ।

Facebook Comments Box