ताप्लेजुङ/ताप्लेजुङको श्रीजंगा गापा ४ मा ट्याक्टरको ठक्करबाट एक जनाको ज्यान गएको छ । त्यहाँस्थित भित्रि सडक खण्डमा तिल्लोकबाट सदरमुकाम तर्फ आउदै गरेको मे १ त ९३९० नम्बरको ट्रयाक्टरले सो ठाउँका ४५ बर्षिय इन्द्र भट्टराईलाई ठक्कर दिएको थियो ।
ठक्करबाट भट्टराईको घटनास्थलमानै ज्यान गएको ट्राफिक प्रहरीले जनाएको छ ।

त्यसैगरी झापाको गौरादह ९ बैगुनधुरास्थित भित्रि कच्ची सडक खण्डमा पश्चिमवाट पुर्व तर्फ जादै गरेको मोटरसाइकलको ठक्करबाट ९ बर्षिय एक बालक घाइते भएका छन । स्थानीय दिपक योगीका ९ बर्षिय छोरा कुशल योगी घाईते भएका हुन । ठक्कर दिने मोटरसाइकलको तत्काल पहिचान नखुलेको बताइएको छ । बालकको उपचारका लागि विर्ता सिटी अस्पताल विर्तामोड लगिएको ट्राफिक प्रहरीले जनाएको छ ।

Facebook Comments Box