दमक/नेपाली काङ्ग्रेसको आज ( आइतबार) भएको गाउँ नगर निर्वाचनको मत परिणाम धमाधम सार्वजनिक भइरहेको छ । दमकको नगर समितिको पदाधिकारीहरुको मत परिणाम मिश्रित आएको छ । प्रकाश प्रसाइँको नेतृत्वमा निर्वाचित नगर समितिको उपसभापतिमा प्रसाइँ प्यानलका युवराज खनाल र पर्शुराम रिजाल नेतृत्वको प्यानलका उम्मेदवार प्रेम भट्टराई निर्वाचित भएका छन भने सचिवमा रिजाल नेतृत्वको प्यानलका रामचन्द्र अधिकारी र रोशन विष्ट नेतृत्वको प्यानलका दिपेश दाहाल निर्वाचित भएका छन । त्यसैगरी सहसचिवमा प्रसाइँको प्यानलका मणिकुमार लिम्बु र रिजाल प्यानलकी रमुना पौडेल चापागाइँ विजयी भएका छन ।
प्रसाइँले १७६ मत ल्याएर विजयी भएका हुन उनका निटकतम प्रतिद्धन्दी रिजालले ९९ मत पाएका छन । विष्टले ४५ मत पाएका छन । उपसभापतिमा प्रेम भट्टराई १३६ र युवराज खनाल ( सागर) १३२ मत ल्याएर विजयी भए । सचिवमा रामचन्द्र अधिकारी १४५ र दिपेश दाहाल १३४ मत ल्याएर विजयी भए । सहसचिवमा मणिकुमार लिम्बु ११९ मत ल्याएर विजयी भए भने रमुना पौडेल चापागाइँले ११७ मत ल्याएर विजयी भएकी हुन ।
गौरादहमा यादवराज सेढाइँ २ मतान्तरले विजयी भएका छन । उनले १२२ मत पाएर विजयी भए भने प्रतिस्पर्धी गोपाल कोइरालाले १२० मत ल्याएका छन । उपसभापतिमा कुन्दन गिरी १७१ मत र मेघराज अधिकारी १६८ मत ल्याएर विजयी भए । सचिवमा माधब कोइराला १४१ मत र नेत्र खडकाले १०६ मत ल्याएर विजयी हासिल गरेका छन । सहसचिवमा उपेन्द्र ढुंगाना १७७ मत र ओम कुमार धमला १२० मत ल्याएर विजयी भएका छन ।
कमल गाउँ समितिको सभापतिका दुई जना प्रतिस्पर्धीले बराबरी मत प्राप्त गरेका छन । खगेन भण्डारी र बुद्धिराज न्यौपानेले ६५÷६५ मत ल्याए भने अर्का प्रतिस्पर्धी प्रमोद दाहालले एक मत ल्याएका छन । त्यस्तै ४ मत बदर भएको जनाइएको छ । त्यहाँ सभापतिका दुवै प्रत्यासीको बराबर मत आएपछि दुवै जनाबीच आधा आधा कार्यकाल आलोपालो सभापतिको जिम्मेवारी सम्हाल्ने निर्णय भएको छ । सहमति अनुसार अबको पहिलो चरणको कार्यकाल न्यौपानेले सम्हाल्नेछन भने दोश्रो चरणमा भण्डारीले कार्यभार सम्हाल्ने निधो भएको बताइएको छ । उपसभापतिमा पदम निरौला ८६ मत र केदर कटुवाल ७१ मत ल्याएर विजयी भएका छन भने सचिवमा दिनेश दाहाल ८८ र महेन्द्र बुढाथोकी ८३ मत ल्याएर विजयी भएका छन । सहसचिवमा सविता दाहाल कटुवाल ७० र दुर्गाप्रसाद पोखरेल ६९ मत ल्याएर विजयी भएका छन ।
गौरीगञ्जमा अघ्नु प्रसाद राजवंशी गाउँ समितिको सभापतिमा ७८ मत ल्याएर विजयी भएका छन उनका निकटतम प्रतिस्पर्धी राजेन्द्र कार्कीले ३९ मत र अर्का प्रतिस्पर्धी कमलेश्व राजवंशीले ६ मत ल्याएका छन । उपसभापतिमा टिकनारायण राजवंशी र धिरज रिजाल, सचिवमा हरिलाल यादव र गोपाल प्रसाद ताजपुरिया तथा सहसचिवमा राजेन्द्रकुमार ताजपुरिया र भोला राजवंशी विजयी भएका जनाइएको छ ।