इटहरी/ईटहरी उपमहानगरपालिका –३ सुनौलो टोलमा एक बृद्धले युवकलाई छुरा हानेर हत्या गरेका छन । स्थानीय ६२ बर्षीय देवी प्रसाद अधिकारीले छिमेकी २१ बर्षीय राजु थापालाई छुरा प्रहार गरि हत्या गरेका हुन् । शुक्रबार सामान्य घरयासी बादबिबाद हुँदा अधिकारीले छातीमा छुरा प्रहार गरि गम्भिर घाईते बनाएका थापाको उपचारको क्रममा धरानमा गएराती मृत्यु भएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय ईटहरीले हत्याका आरोपी देवी प्रसाद अधिकारीलाई पक्राउ गरेको जनाएको छ । अधिकारी समेत घाईते भएकाले प्रहरीको निगरानीमा उपचार भईरहेको जनाएको छ । घटना हुनुको भित्री कारणबारे तत्काल थाहा हुन सकेको छैन ।

Facebook Comments Box