इटहरी/सुनसरीको दुहबी नगरपालिका २ स्थित कोशी लोकमार्गमा बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ बुढीगंगा ७ का ५० का आशराम माझी रहेका छन् । आज बिहान सवा ८ बजे बिराटनगर आउँँदै गरेको मे १ ख २७४८ नम्बरको बसले बाटो काटने क्रममा रहेका को ३४ प ९०६७ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा गम्भिर घाईते भएका माझीको न्युरो अस्पताल विराटनगर पु¥याउन साथ मृत्यु भएको हो ।

Facebook Comments Box