दमक/ झापाको दमक १ बाट गएराती पक्राउ परेका १७ जना जुवाडेको नाम प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार दमक १ का हिमाल देवानको घरको भान्सा घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन । खालबाट नगद ४ लाख २७ हजार ६ सय रुपैयाँ र १६ थान कोैडा समेत बरामद भएको छ ।

सो खालबाट पक्राउ परेकाहरुमा दमक ७ का ४९ बर्षिय कर्ण राई र राजन दाहाल , दमक ३ का विनोद थेवे, भद्रपुर ७ का युवराज न्यौपाने , वडा नं ९ का दिलबहादुर राई , बिर्तामोड १ का ४२ बर्षिय तिर्थ अधिकारी , भद्रपुर १० का ५० बर्षिय ठाकुर प्रसाद निरौला, गौरादह ५ का हरि कोईराला, कमल गा.पा. वडा नं ४ का ४७ बर्षिय सुबिन्द्र सुब्बा, कन्काई ३ का ३२ बर्षिय मोहन बराल, सुनिल साह , मोरङ ग्रामथान गा.पा. वडा नं ४ का ५७ बर्षिय लक्ष्मी प्रसाद अधिकारी वडा नं ५ का नैन कुमार चौधरी ४४ बर्षिय रुपेश तामाङ, पथरी शनिश्चरे ४ का ४० बर्षिय बलराम बस्नेत ४३ बर्षिय गंगाराम मगर र बेलबारी ११ का निशान पोखरेल रहेका छन । उनीहरु मध्ये दमकका कर्ण राई जुवा खेलाउने धन्दाका मुख्य नाइके भएको बताइएको छ । पक्राउ परेकाहरु कतिपय पटक पटक जुवा तथा जुवाजन्य खेल खेल्ने खेलाउने ब्यवसायिक गिरोहका भएका बताइएको छ । जुवा खेल स्थलमा प्रहरी टोली पुगेपछि भागदौड मच्चिएको थियो । सो क्रममा पक्राउ परेका भद्रपुर १० का निरौला घाईते समेत भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्त राकेश थापाले जानकारी दिए ।

Facebook Comments Box