दमक/झापाको कमल ५ का स्थायीबासिन्दा , तथा कांग्रेसका क्षेत्रीय सदस्य शेर बहादुर श्रेष्ठले झापाको निर्वाचन क्षेत्र नं ५ अन्तर्गत (ख)बाट क्षेत्रीय समितिको उपाध्यक्षमा उम्मेदवार बन्ने घोषणा गरेका छन ।

आसन्न १४ औं महाधिवेशन अन्तर्गत हुने अधिवेशनमा सामाजिक तथा व्यवसायीक क्षेत्रका अगुवा समेत रहेका श्रेष्ठले उपसभापतिमा उम्मेदवारी दिने आज ( शुक्रबार) घोषणा गरेका हुन । संघीय निर्वाचन क्षेत्रीय समिति सदस्य समेत भएर एक कार्यकाल बिताइसकेका श्रेष्ठले शुभेच्छुकहरुको सल्लाह र सुझाव अनुसारनै एउटै पदमा नदोहोरिने गरी प्रदेश सभा क्षेत्र ( ख) को सो पदमा उम्मेदवारी दिने निधो गरेको बताए । पार्टी संगठन निर्माणलाई गति दिन आफू थप जिम्मेवारी लिन तयार रहेको भन्दै सहयोगका लागि आग्रह गरेका छन् ।
उनले भने, –‘काम गर्नका लागि मैले उम्मेदवारी दिने निधो गरेको छु ,यहाँहरुको अवश्य सहयोग प्राप्त हुने छ । ’ निर्माण व्यवसायी श्रेष्ठ स्थानीय चन्द्र दर्शन बचत तथा ऋण सहकारीका संस्थाक अध्यक्ष पनि हुन ।

 

Facebook Comments Box