पथरीशनिश्चरे, भदौ–३१/
निजि तथा संस्थागत विद्यालयहरुको साझा संगठन ( प्याव्सन ) पथरीशनिश्चरे नगरसमिति मोरङ्गले पथरी क्षेत्रमा लामो समयदेखि अध्यापन गराउने व्यक्तित्वलाई सम्मान तथा सहयोग गरेको छ ।


विहीवार दिउँसो एभरेष्ट बोर्डिङ स्कुलको सभाहलमा प्याप्सन नगरसमितिले आफ्नो दोस्रो अधिवेशनको उदघाटन गर्दै पुराना शिक्षक, तथा कर्मचारीहरुलाई सम्मान गर्नुकासाथै हाल उपचारका क्रममा रहेका एक संचारकर्मीरलाई आर्थिक सहायता प्रदान हो ।
सो अवसरमा नगरसमितिद्वारा आर्थिक अभावका कारण समस्या झेलिरहेका कलेजो रोग पीडित पत्रकार बिजय खम्बू राईलाई ११ हजार सहयोग हस्तान्त्रण गरिएको थियो । उनी हाल धरानको बीपी कोइराला स्वास्थ्य अस्पतालमा उपचाररत छन् । ३३ बर्षिय पत्रकार बिजय खम्बू राई उपचार कोष समितिको संयोजक अर्जुन जम्नेली राईलाई प्याव्सन पथरीशनिश्चरेका निवर्तमान अध्यक्ष उपेन्द्र कडेंलले उक्त रकम बराबरको चेक हस्तान्त्रण गर्नु भएको थियो । सोहि अवसरमा पथरिशनिश्चरे क्षेत्रको एभरेष्ट बोर्डिङ स्कुलमा विगत ३० वर्षदेखि निरन्तर अध्यापन गर्दै आएका जगनाथ नेपाल र २३ बर्षदेखि कार्यरत कर्मचारी कुन्ता गुरुङलाई दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको थियो ।
सोहि अवसरमा कोरोना भाइरसको संक्रमितहरूलाई राहत स्वरुप साढे पाँचलाख नगद सहयोग उपलब्ध गराएको र कोरोना पीडित बनेका मिक्लाजुङ प्याब्सन अध्यक्ष बिकास गुरुङलाई एक लाख बराबरको आर्थिक सहयोग प्रदान गरिएको आर्थिक प्रतिवेदन सुरेन्द्र लिम्बूले प्रस्तुत गरेका थिए । आर्थिक सहायता प्रदान गरिएका गुरुङको उपचारको क्रममा निधन भएको थियो ।
यसैगरी , प्याब्सन पथरीले वडा नं ५ को जनता माविका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको थियो भने खेलकुद विकासको लागि अन्तर विद्यालय नकआउट फुटबल प्रतियोगिता लगायतका विभिन्न कार्यक्रम गरेको उल्लेख गरिएको छ ।
नगर समितिका अध्यक्ष उपेन्द्र कँडेलको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अथिति पथरशनिश्चने नगर उपप्रमुख यमुना विष्ट बास्तोलाले शैक्षिक स्तर उकास्न लागिपर्ने बताएकी छन् ।
नगरको शिक्षा समितिमा आफू बस्न चाँहदा चाहदै पनि वातावरण अनुकुल नबनेको भन्दै आफ्नो विगतको शैक्षिक अवस्था स्मरण गर्नु भएको थियो । उहाँले नगरभित्र अहिले सरकारी र निजी गरी ६७ वटा विद्यालय हुनु खुसीको कुरा भएको बताएकी हुन् ।
उपप्रमुख बिष्टले राजनीतिक पहुँचको आधारमा विधालयमा कार्यरत शिक्षक तथा कर्मचारीले कामचोर गर्नु नैतिकहिन कार्य भएको टिप्पणी गरेकी थिइन् ।
अविलम्व सबै निजी तथा सरकारी विद्यालयमा अध्ययनरतलाई कोरोना भाईरस विरुद्धको खोप लगाउन पहल गरिने बताइएको छ ।
नगरको शिक्षा विभाग प्रमुख (उपसचिव) सालिग्राम काफ्लेले सरकारको नीति तथा नियमभित्र रहेर शैक्षिक क्षेत्रलाई सहज गर्ने कोशिस गरेको बताए । संघीयता लागू भएपछि देशमा शिक्षा क्षेत्रमा भएको दरबन्दी मिलन सहज भएको उल्लेख गर्दै नगरमा शिक्षा क्षेत्रमा रहेको विकृतिको अन्त्य गर्न लागि परेको काफ्लेले बताए ।
कार्यक्रममा नगरको शिक्षक महासंघको अध्यक्ष अर्जुन बुढाथोकी, एन प्याब्सनका नगर अध्यक्ष थिरप्रसाद आचार्य लगायतले शुभकामना ब्यक्त राख्नु भएको थिए ।
साथै, आजै पथरी नगर प्यब्सनको दोस्रो अधिवेशनले सुरेन्द्र लिम्बूको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति समेत चयन गरेको छ । समितिको सचिवमा सन्तोष बस्नेत, कोषाध्यक्षमा खड्गबहादुर श्रेष्ठ, सदस्यहरुमा क्रमशः सुजन बास्तोला, भोगेन्द्र बस्नेत, दुर्गाप्रसाद ढकाल सर्वसम्मत चयन भएका छन् । एक सदस्य नयाँ समितिले पछाडी मनोनित गर्ने बताएका छन् । हाल पथरीशनिश्चे प्याब्सनमा नगरभित्र २२ वटा विद्यालय आवद्ध छन् ।

Facebook Comments Box