इटहरी/ सुनसरी दुहबी नगरपालिका ९ छाताबेलीस्थित जय बाबा ईट्टा भट्टा उद्योग भित्र ट्रिफरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही भट्टामा मजदुर रहेका भारत वेस्ट बंगालका रफिकुल इस्लामकी छोरी ९ बर्षीया बबिता खातुन रहेकी छन् । हिजो बेलुका पौने ५ बजे को १ ख ५४५१ नम्बरको ट्रिफरले बालिकालाई ठक्कर दिँदा घटनास्थलमानै मृत्यु भएको थियो । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box