दमक/लामो समयदेखि शिक्षण पेशा अंगाल्दै आएका नेपाली कांग्रेसका आस्थावान दमकका देवीभक्त निरौलाले १४ औं महाधिवेशनमा खस आर्य कोटाबाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिने भएका छन ।


शिक्षण पेशाका क्रममा आफूले सक्रिय राजनीति नगरि पेशागत संघ संगठनमा मात्रै नेतृत्व गरेका निरौलाले आसन्न महाधिवेशनमा भने आफूलाई महाधिवेशन प्रतिनिधिको उम्मेदवारका रुपमा उभ्याउने घोषणा गरेका हुन । दमक ३ बाट सम्मानजनक मत ल्याएर क्षेत्रीय प्रतिनिधि चुनिएका निरौला शैक्षिक तथा बौद्धिक व्यक्तित्वका रुपमा चिनिन्छन । नेपाल शिक्षक संघको दमक नगर समिति, क्षेत्रीय समिति क्षेत्र नं ५ झापाको अध्यक्ष हुँदै शिक्षक संघको केन्द्रिय महाधिवेशन प्रतिनिधि समेत रहेका निरौलाले आफना शुभचिन्तक र पार्टीका स्थानीय नेतृत्वहरुसंगको परामर्श र छलफलपछि आफू उम्मेदवारका रुपमा उभिने निधो गरेका हुन । निरौलाले भने – शैक्षिक तथा प्राज्ञिक समुहबाट मेरो उम्मेदवारी रहन्छ ।

Facebook Comments Box