नेपाली कांग्रेस दमकको आसन्न्न निर्वाचनमा सहसचिव पदका युवा उम्मेदवार विजय राईको उम्मेदवारीले चर्चा पाएको छ । राजनीतिमा भन्दा धेरै सामाजिक तथा खेलकुदका साथै व्यवसायिक क्षेत्रमा अलग किसिमको पहिचान बनाएका राई कांग्रेसमा नगर सहसचिवको उम्मेदवार बनेर सशक्त रुपमा नेता कार्यकर्ताहरुको मन जित्न लागिपरेका हुन ।

हक्की स्वभावका निडर र सामाजिक भावना भएका उनको उम्मेदवारीले कांग्रेसमा परिवर्तनको आशा बढाएको छ । युवाहरुलाई राजनीतिको माध्यमबाट समाजमा जिम्मेवार रुपमा प्रस्तुत हुने अभ्यासका लागि आफनो प्रयास रहने उनले बताएका छन । नगर सभापतिका प्रत्यासी पर्शुराम रिजालको समूहबाट उम्मेदवार बनेका राई पार्टीको जिम्मेवारीसंगै खेलकुद क्षेत्रको नै अगुवाई गर्दै आएका उनी गोर्खा स्पोर्टिङ क्लवका अध्यक्ष हुन् । राजनीतिक बाहेक निर्माण व्यवसासाय, प्रिन्टिङ व्यवसायमा संलग्न उनी पार्टीमा क्रियाशील भएकै कारण पार्टीले दिने जस्तो सुकै जिम्मेवारी पनि पूरा गर्ने प्रतिबद्धता जनाउँछन । उनी भन्छन्, –‘पार्टीका सवै नेता,कार्यकर्ताहरुको साथ र सहयोगवाट यो जिम्मेवार पाए सधै इमान्दारिताका साथ काम गर्ने प्रतिवद्धता गर्दछु ’
पार्टी भित्रको आन्तरिक निर्वाचनका क्रममा नगर भित्रका सवै क्षेत्रीय प्रतिनिधि,शुभेच्छुकहरुको माया पाउने विश्वास उनको छ । उम्मेदवार वनेपछि अधिकांस क्षेत्रीय प्रतिनिधि,वडा सभापतिहरुको घरघर पुग्ने क्रममा आफू आशावादी भएको उनले सुनाए । पदका लागि होइन, काम गर्नका लागि पनि सहसचिवमा दावी प्रस्तुत गरेको उनको तर्क छ । उनले भने, –‘मलाई योग्य ठान्नुभयो भने सहयोग गर्नुहोला, परीक्षामा उभिएका छौं’ । रिजाल नेतृत्वको सो टिमबाट सहसचिव २ का लागि राई र रमुना पौडेल चापागाइँसहित उपसभापतिमा प्रेम भट्टराई र संगम राई, सचिवमा रामचन्द्र अधिकारी र गान्धी भण्डारी उम्मेदवार रहेका छन । सो समुहले यस अघि एक उपसभापति र एक सचिवको पदमा खाली राख्दै पाँच जना मात्रै उम्मेदवार अघि सारेको थियो ।