युवराज खनाल ( सागर) बिद्यार्थी आन्दोलनबाट उठेको दमकको राजनीतिक वृत्तमा परिचित नाम हो । नेपाली कांग्रेस दमकको नगर अधिवेशनबाट १३ औं महाधिवेशनमा सम्मानजनक मत पाएर विजयी भएका उनलाई पार्टीले नगर सचिवको जिम्मेवारी दिइसकेको छ ।
दुई कार्यकाल सम्म नेपाल बिद्यार्थी संघ झापाको कार्यसमितिमा रहेर झापाली बिद्यार्थी आन्दोलनमा परिचित खनाल पटक पटकका प्रतिगमन विरुद्धको आन्दोलनमा अग्रपक्तिंमा रहेर भुमिका निर्वाह गर्दै आएका कार्यकर्ता हुन । कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गतको वडा अधिवेशनमा दमक ३ बाट निर्वाचन प्रकृयाबाट सम्मानजनक मत पाएर क्षेत्रीय प्रतिनिधि चुनिएका खनाल पार्टीको नगर नेतृत्वमा यस पटक एक खुडकिलो माथि उक्लिने प्रयासमा छन ।


ढुकुरपानी पूर्व बिद्यार्थी समाज, कलश सहकारी संस्था लगायतका संघ संस्थामा आवद्ध रही उँ मेची अस्पतालको कार्यालय प्रमुखको जिम्मेवारी समेत सम्हाल्दै आएका नम्र र मिलनसार तथा सहयोगी भावना भएका खनाल यस पटकको १४ औं महाधिवेशन अन्तर्गतको दमक नगर अधिवेशनमा उपसभापतिको पदका प्रत्यासी हुन । आफूसंगै कांग्रेस नगर सचिवको जिम्मेवारीमा रहेका कांग्रेस दमकका सभापतिका प्रत्यासी प्रकाश प्रसाइँ नेतृत्वको टिमबाट खनाल कांग्रेसको चुनावी दौडाहामा छन । पारिवारिक पृष्ठभुमी समेत नेपाली कांग्रेस र शिक्षण पेशासंग जोडिएका उनको उम्मेदवारीलाई कांग्रेस वृत्तमा निक्कै महत्व र चासोका साथ हेरिएको छ । कांग्रेसमा युवा पुस्ताको बढदो आकर्षणका पछाडी युवा नेताहरु गगन थापा, विश्वप्रकाश शर्मा, गुरुराज घिमिरे र प्रदिप पौडेलको सशक्त योगदान रहेको बताउने खनाल अब पार्टी नेतृत्व तलदेखि माथि सम्म युवा पुस्ताले सम्हाल्नु पर्ने र अग्रजहरुलाई सम्मानजनक स्थान दिनु पर्ने विचार व्यक्त गर्छन । खनाल भन्छन–राजनीतिमा युवा पुस्ताले अब हस्तक्षेपकारी भुमिका निर्वाह गर्नुपर्छ । बिग्रिएको सिस्टमलाई सुधार्न सके कांग्रेसको भविष्य सुरक्षित रहने उनको बुझाई छ ।

 

Facebook Comments Box