नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत दमक नगर अधिवेशनमा नगर सचिव पदमा बिद्यार्थी नेता नवराज ढकाल उम्मेदवारका रुपमा उभिएका छन । दमक बहुमुखी क्याम्पसबाट आफनो राजनीतिक सांगठनिक यात्रा शुरु गरेका ढकाललाई प्रकाश प्रसाइँ नेतृत्वको टिमले सशक्त उम्मेदवारका रुपमा उभ्याएको हो ।


नगर अधिवेशनमा आफनो उम्मेदवारी दिनुपर्ने कारणबारे ढकालले भनेका छन – पार्टीमा हरेक नेताको राजनीतिक यात्रा बिद्यार्थी कालबाटै शुरु भएको पाइन्छ, म अनवरत रुपमा नेविसंघको सशक्त कार्यकर्ताका रुपमा थिएँ अब पार्टी राजनीतिमा होमिनुपर्छ भन्ने सोच आयो, दमक कांग्रेसको टिममा बसेर जिम्मेवारी लिनु उपयुक्त ठानेर उम्मेदवारीको घोषणा गरेको हुँ । ढकाल नेविसंघ दमक बहुमुखी क्याम्पसको सदस्यबाट सभापति हुँदै संघको जिल्ला समितिमा समेत जिम्मेवारी निर्वाह गरिसकेका कार्यकर्ता हुन ।
सामान्य परिवारका ढकालले कांग्रेस राजनीति मंहगो हुँदै गएकोप्रति भने चिन्ता व्यक्त गरेका छन । शैक्षिक परामर्श केन्द्र सञ्चालन र व्यवसायिक यात्रामा क्रमश अघि बढदै गरेका ढकालले पार्टीमा रहेका विकृति विसंगतीहरुको सुधारका लागि पनि आफनो उम्मेदवारी रहेको बताएका छन । हाल पार्टीको दमक नगर समिति सदस्य समेत रहेका उनले आफू कसैलाई उछिनेर राजनीतिमा अघि बढने भन्दा पनि क्रमश अनुभवका आधारमा जिम्मेवारी लिनका लागि तयार भएको बताएका छन । ढकालले भने– म कांग्रेसको सामान्य कार्यकर्ता हुँ , पार्टी अधिवेशन निर्देशिका अनुसार मलाई मतदान गर्न म भन्दा सिनियर नेता गणहरु वडाबाट चुनिएर आउनु भएको छ मलाई एकपटक विश्वास गरिदिनुहोस तपाइँहरुको विश्वासघात गर्ने छुइँन । म जस्तै निर्वाचन प्रकृयामा आउनु भएका सबै उम्मेदवारका बारेमा पनि सुझबुझ राखेर निर्णय लिनुहुनेछ भन्नेमा म विश्वस्त छु । सचिव २ पदका लागि ढकालसंगै कांग्रेस दमक नगर सचिवमा सोही टिमबाट दिनेश अग्रवाल, पर्शुराम रिजाल नेतृत्वको टिमबाट रामचन्द्र अधिकारी र रोशन विष्ट नेतृत्वको टिमबाट दिपेश दाहालले उम्मेदवारी दिने घोषणा भइसकेको छ । कांग्रेसको नगर अधिवेशन यही ९ असोजमा गर्ने नयाँ कार्यतालिका छ ।

Facebook Comments Box