दमक/ इटहरी १७ स्थित चतरा – कान्छीचोक पक्की सडक खण्डमा पिकअपको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । उत्तरबाट दक्षिण तर्फ आउदै गरेको को २ च १३३९ नम्बरको टाटा पिकअपले पैदलयात्री भोजपुर घर बताउने अन्दाजी ४५/४६ बर्षिय दिल बहादुर राई लाई ठक्कर दिँदा गम्भीर घाइते भएका थिए । उनको एपेक्स अस्पताल इटहरीमा उपचारका क्रममा मृत्यु भएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
त्यसैगरी सुनसरीको दुहबी ८ सोनापुर स्थित कोशी लोकमार्गमा खनारबाट दुहबी तर्फ आउदै गरेको ना ५५ प ९९७९ नम्बरको मोटरसाइकललाई उतरबाट दक्षिण तर्फ जाने क्रममा को १ क ३३९५ नं को ट्रकले ठक्कर दिदा मोटरसाइकल चालक सर्लाही लालबन्दी ८ का ३२ बर्षिय सुलभ गिरीको मृत्यु भएको हो ।

Facebook Comments Box