संखुवासभा/ संखुवासभा मकालु गाउँपालिका ३ समटार स्थित निर्माणाधिन खाँदवारी–किमाथाङ्का सडक खण्डमा रौता कन्स्ट्रक्सन कम्पनीको जेसीबि दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा संखुवासभा खाँदवारी नगरपालिका ६ माथिल्लो पाङ्ठा का २४ बर्षीय श्याम बि.क. रहेका छन् । हिजो बिहिबार दिउँसो २ बजे बि.क.ले चलाएको ज.१क.४१२ नम्बरको जेसीविमा काम गर्ने क्रममा पल्टेर सय मिटर तल झरेर दुर्घटना हुँदा उनको घटनास्थलमानै मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यसैगरी सुनसरी रामधुनी ६ कान्छिचौक–चतरा सडक खण्डको सुनसरी खोला पुलमा मोटरसाईकल अनिन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु छ भने पछाडी सवार एक जना घाईते भएका छन् । मृत्यु हुनेमा मोरङ कानेपोखरी गाउँपालिका ६ का १८ बर्षीय रितिक राई रहेका छन् भने पछाडी सवार सोही ठाउँका २१ बर्षीय निरज राईको उपचार भईरहेको छ ।
गत राती १२ बजे उत्तर तर्फ जादै गरेको को ३६ प ९५८ नम्बरको मोटरसाईकल आफैं अनियन्त्रित भई पुलमा ठोक्किएर दुर्घटना हुँदा दुवै जना घाईते भएका थिए । उपचारको क्रममा रितिकको आज बिहान ३ बजे मृत्यु भएको हो । अर्का घाईते निरजलाई थप उपचारको लागि बिराट नर्सिङ होम बिराटनगर रेफर गरिएको छ ।