इटहरी/इटहरी उपमहानगरपालिका १७ बडहराकी ५० बर्षीया लता कुमारी श्रेष्ठको करेन्ट लागेर मृत्यु भएको छ । आज दिउँसो साढे १ बजे आफ्नै घरको टयुबेलमा भाँडा माझ्ने क्रममा मोटरबाट करेन्ट लागेर घाईते भएकी उनको उपचारको लागि बिराट टिचिङ हस्पिटल लैजाने क्रममा दिउँसो साढे २ बजे मृत्यु भएको हो । ईलाका प्रहरी कार्यालय पकलीले सो घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।