दमक/ नेपाली कांग्रेस दमकको आसन्न अधिवेशनमा नगर नेतृत्वका लागि चुनावी मैदानमा रहेका सशक्त र प्रभावशाली उम्मेदवार प्रकाश प्रसाइँ नेतृत्वको नगर समितिका पदाधिकारीमा थप तीन जना उम्मेदवार निश्चित भएका छन । प्रसाइँ नेतृत्वको समुहले दमक ६ का स्थानीय युवा व्यवसायी नेता तथा दमक उद्योग वाणिज्य संघका पूर्व कार्य समिति सदस्य समेत रहेका युवा व्यक्तित्व दिनेश अग्रवाललाई पार्टीको नगर सचिव पदमा उठाउने निधो गरेको हो ।

अग्रवाललाई प्रसाइँको टिमले रोजेपछि कांग्रेस वृत्तमा हलचल पैदा भएको छ । निर्वाचित हुनुपर्ने दुई सचिव मध्ये अर्को एक सचिव पदमा यस अघिनै नेविसंघ झापाका कोषाध्यक्ष समेत रहेका बिद्यार्थी नेता नवराज ढकालको उम्मेदवारी निश्चित भइसकेको छ । अग्रवालसंगै प्रसाइँको समुहले सहसचिवमा नेविसंघकै अर्का जिल्ला नेता एवं सञ्चार क्षेत्रमा समेत अनुभव सम्हालेका नवराज न्यौपाने र मणि लिम्बुलाई सहसचिवको उम्मेदवार बनाउने निधो प्रसाइँ समुहले गरेको छ ।
प्रसाइँ नेतृत्वको समुहबाट उपसभापतिमा मिना कोइराला र युवराज खनाल ( सागर) लाई उम्मेदवारका रुपमा मैदानमा छन ।