दमक/ दमक चोकमा एकै ठाउम स्वस्थ र स्वच्छ मासु उपलब्ध गराउने उद्धेश्यले रेष्टुरेन्टसहितको मिट मार्ट सञ्चालनमा आएको छ । युवा व्यवसायी सन्जय राईले करिव एक करोड रुपैयाको लागतमा हेल्थी एण्ड फ्रेस मिटमार्ट संगै यावा रेष्टुरेन्ट सञ्चालनमा ल्याएका हुन् ।

दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ, होटल व्यवसायी महासंघका प्रदेश १ का अध्यक्ष राजन दंगालले सो को संयुक्त रुपमा उद्घाटन गरे । उद्घाटनका क्रममा दमक उद्योग वाणिज्य संघका अध्यक्ष श्रेष्ठ,होटल व्यवसायी महासंघ प्रदेश अध्यक्ष दंगालले व्यबसायिक सफलताको शुभकामना राखेका थिए । उद्धघाटन कार्यक्रममा बिभिन्न संघ संस्था, व्यबसायी, सामाजिक व्यक्तित्व, सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो । मिटमार्ट सञ्चालक राईले अहिलेको बिषम परिस्थिति र स्वास्थ्य अवस्थालाई ध्यान दिदै केहि समय बिदेशको अनुभव बटुलेर आफ्नै ठाँउमा स्वरोजजार बनाउने उद्देश्य लिएर मासुसँगै रेष्टुरेन्ट सञ्चालनमा ल्याईएको बताए । मिटमार्टमा वंगुर,रागा, खसी र कुखुराको छुट्टाछुट्टै कक्ष राखिएको छ । उनले हाल १० जनालाई रोजगार समेत दिएका छन् । मिक्लाजुङमा रहेको कृषि फर्म मार्फत सो मिटमार्टमा आवश्यक बोका खसी उपलब्ध हुने बताइएको छ । स्थानीय कृषि व्यवसायलाई प्रवद्र्धन गर्नुपनि हाम्रो उद्धेश्य हो– सञ्चालक राईले भने ।
