चुलाचुली/ईलामको चुलाचुली गाउँपालिकामा कार्यरत कर्मचारीहरु संगठित भएका छन् । स्थानिय तह अन्तर्गका कर्मचारीहरुको आज मंगलबार भएको भेलाले गाउँपालिकाका शिक्षा शाखा प्रमुख रामप्रसाद मिश्रको संयोजकत्वमा स्थानिय तह कर्मचारी हकहित मञ्चको तदर्थ समिति गठन गरेको हो ।


समितिको सहसंयोजकमा निर्मला घिमिरे, सचिवमा शान्तिराम रिमाल, सहसचिवमा एकेन्द्र बाँस्कोटा र कोषाध्यक्षमा डिल्लीराज खड्का चयन भएका छन । त्यसैगरी तदर्थ समितिका सदस्यहरुमा बिनोद खत्री, अनिल राई, क्षितिज दाहाल, तिर्थराज खरेल, दुस्यन्त दाहाल, तारा काप्mले, ठगबहादुर तिम्सिना, पदम पौडेल, रिता पोख्रेल लगायत रहेका छन । त्यसैगरी भेलाले मिलन कुमार भट्टराई संयोजक र विमला राई र गोविन्दप्रसाद ढकाल सदस्य रहेको एक सल्लाहकार समिति समेत गठन गरेको छ ।
संघिय मामिला मन्त्रालयले स्थानिय तह अन्तर्गतका कर्मचारीहरुलाई कर्मचारीनै नमानेको, निजामती कर्मचारीको परिभाषाबाट बाहिर राखेको, सेवासुबिधाको बिषयमा नीतिगत व्यवस्था नगरेको, बिभिन्न किसिमका तालिमहरुबाट बञ्चित गराएको जस्ता गुनासाहरुको सम्बोधन गर्नुपर्ने माग राख्दै त्यस बिरुद्ध सरकारलाई ध्यानाकर्षण गराउन संगठित हुनुपरेको संयोजक मिश्रले जानकारी दिए ।

Facebook Comments Box