दमक/ बिराटनगर महानगरपालिका १८ खोक्साहाका २८ बर्षीय एक युवकको करेन्ट लागेर मृत्यु भएको छ । स्थानीय पप्पु कुमार मण्डलको करेन्ट लागेर मृत्यु भएको हो । दिउँसो ११ बजे विराटनगर १७ मा रहेको रघुपति जुट मिलमा काम गर्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएका उनको कोशी अस्पताल बिराटनगरमा उपचारको क्रममा दिउँसो साढे ११ बजे मृत्यु भएको थियो । त्यसैगरी मोरङ धनपालथान गाउँपालिका ७ कदमाहाका ३२ बर्षीय राम भरोस केबरतको पानीको खाल्डोमा डुबेर मृत्यु भएको छ । आज पौने ११ बजे घर देखी ५ सय मिटरमा रहेको पानी जमेको खाल्डोमा सनपाट धुने क्रममा उनको डुबेर मृत्यु भएको हो ।

Facebook Comments Box