दमक/ झापाको कमल गाउँपालिका ५ स्थित निर्माणाधिन आदिवासी रङशाला अगाडी आज भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ । पुर्व–पश्चिम राजमार्ग अन्तर्गत सो खण्डमा पिकअपको ठक्करबाट पैदल यात्री ४ बर्षिय बालक मानव कापरी रहेका छन ।
सर्लाही भक्तिपुर गाउँपालिका ३ ईश्वरपुर घर भई घुमन्तेका रुपमा सो ठाउँमा पाल टागेर बस्ने लोहरा कापरीको छोरा मानवको मृत्यु भएको हो । प्रहरीका अनुसार आज दिउँसो साढे ११ बजे पश्चिम आउदै गरेको प्रदेश ०३–००१ च ०३६४ नम्बरको पिकअप गाडीले बाटो क्रस गर्दै गरेका बालकलाई ठक्कर दिँदा घटनास्थलमानै मृत्यु भएको हो । पिकअप र चालक मकवानपुर हेटौडा नगरपालिका ११ का २४ बर्षीय अजय पाख्रिन ईलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ ।

 

Facebook Comments Box