भोजपुर/ भोजपुर षडानन्द नगरपालिका –९ तालखर्कका ४० बर्षीय बुद्धिमान राईले आफ्नै श्रीमतीको हत्या गरेर आफुले पनि झुन्डिएर आत्महत्या गरेका छन् । आज बिहान राती साढे १ बजे उनले आफ्नै श्रीमती २८ बर्षीया ईन्द्रकला राईलाई धारिलो हतियार खुकुरीले ढाडमा प्रहार गरी हत्या गरेका हुन ।
आफू घरबाट अन्दाजी ४० मिटर टाढा रहेको दुधिलोको रुखमा कपडाको पासो लागि झुण्डिएको अबस्थामा फेला परेका थिए । घटनास्थलमा आफ्नै आमालाई खुकुरी प्रहार गरेको देखेर उनिहरुकै ८ बर्षीय छोराले स्थानियलाई खबर गर्न गएका थिए । घटनास्थालमा ईलाका प्रहरी कार्यालय साङपाङ र ईलाका प्रहरी कार्यालय तिवारी भञ्ज्याङबाट प्रहरी टोलीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

 

Facebook Comments Box