काठमाडौं/ पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमण पुष्टि हुने भन्दा निको हुनेको सङ्ख्या बढी भएको छ । यसअघि गएको शनिवार र आइतवार पनि सङ्क्रमण पुष्टि हुने भन्दा निको हुनेको सङ्ख्या बढी थियो ।
पछिल्लो २४ घण्टामा दुई हजार तीन सय ३७ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको सङ्ख्या सात लाख आठ हजार दुई सय ३० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै २४ घण्टामा दुई हजार ६५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १३ हजार एक सय १७ जनाको नमुना परीक्षण गर्दा दुई हजार ६५ जनामा सङ्क्रमण देखिएको हो । योसँगै सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख ३८ हजार नौ सय ४८ पुगेको छ ।
२४ घण्टामा नमुना परीक्षण गरिएकामध्ये १५ दशमलव ७४ प्रतिशतमा काेराेना सङ्क्रमण देखिएकाे छ ।
यही अवधिमा कोरोना सङ्क्रमणका कारण थप २५ जनाको ज्यान गएसँगै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १० हजार ६ सय ६३ पुगेको छ ।
अहिले नेपालमा ३७ हजार पाँच सय ९९ सक्रिय सङ्क्रमित रहेकामा ६ सय ६२ जनाको आईसीयू र एक सय ७१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।