दमक/ विश्वव्यापी रुपमा टू–ह्वीलर तथा थ्री–ह्वीलरको ख्यातिप्राप्त निर्माता कम्पनी, टिभिएस मोटर कम्पनीले आपाजी आरटीआर १६० टु भी को नयाँ मोडल सार्वजनिक गरेको छ । देशभरिका १३२ वटा विभिन्न डिलरमार्फत बुधबार एकैसाथ आपाजी आरटीआर १६० टु भी मोटरसाईकल सार्वजनिक गरिएको नेपालका लागि आधिकारिक वितरक कम्पन्नी जगदम्बा मोटर्सले जनाएको छ ।

यसैक्रममा उक्त कम्पन्नीको दमकका लागि आधिकारिक विक्रेता एएनए ट्रेड प्रालिले पनि नयाँ आपाजी आरटीआर १६० टु भी मोटरसाईकल सार्वजनिक गरिएको सञ्चालक गनबहादुर अधिकारीले बताएका छन् । उनले दुई पाङग्रे मोटरसाईकलमा हरेक नेपालीको रोजाईमा परेको यस मोटरसाईकल खरिदका लागि आर्कषक सुविधा उपलव्ध गराईएको बताए । खरिदमा आर्कषक छुट, एक्सचेन्ज,फाइनान्सको समेत व्यवस्था गरिएको उनले जानकारी दिए । कम्पन्नीले सार्वजनिक गरेको प्रेस नोटका अनुसार सार्वजनिक गरिएको सो मोटरसाईकलको बडीमा न्यू रेस इन्स्पाइर्ड ग्राफिक्स समावेस गरिएको छ जुन पहिलाको सोही गाडीको संस्करण भन्दा भिन्न र फरक डिजाइनको रहेको छ। यसैगरी यसको पछाडि १२०–७०–१७ को नयाँ फराकिलो टायर राखिएको छ जसले बाटोमा अझ राम्रो ग्रिप र सुरक्षा प्रदान गर्दछ।
यसमा रहेको अर्को राम्रो फिचर्स भनेको यसमा रहेको रेस इन्स्पाइर्ड डिजिटल डिस्प्ले रहेको छ जसले राइडरलाई स्पीड नियन्त्रण बारे अवगत हुने गर्छ । यसमा बेस्ट इन क्लास आरटिआर ओभरस्क्वेर इन्जिन रहेको छ जसले ८००० आरपिएममा १४.१४ पिएसको अधिकतम पावर प्रदान गर्दछ भने ६७५० आर।पी।एम मा १३.२ एनएमको अधिकतम टर्क प्रदान गर्दछ । यसैगरि यसमा बेस्ट इन क्लास एमआइजी सस्पेन्सन सक अप राखिएको छ । यो मोटरसाइकल पर्ल वाइट, म्याट ब्लु, ब्लाक, ग्लस रेड र ग्रे गरेर ५ ओटा भेरिएन्टमा उपलब्ध रहेका छन्।
यसको मूल्य भने २,६९,९०० रुपैया तोकिएको छ । जगदम्बा मोटर्स प्रालि नेपालमा टिभिएस टू–ह्वीलर्सको लागि एकमात्र आधिकारिक वितरक हो । ३९ वर्षको रेसिङ्ग इतिहास तथा नेपालभर १३२ भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभिएसले बजारमा आफ्नो मजबुत पकड राख्न र ग्राहकहरुको मनमस्तिष्कमा स्थान जमाउन सक्षम भएको छ । गुणस्तरीय उत्पादनहरु, बिक्रीपश्चातको व्यापक सेवा र देशभरमा जगेडा पार्टपुर्जाहरुको उपलब्धतामार्फत उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टिभिएस नेपालको सबैभन्दा ज्यादा रुचाइएको टू–ह्वीलर ब्राण्ड बनेको कम्पन्नीको दावी छ ।