दमक/अंग्रेजी साहित्यको नयाँ आयाम साइनोका प्रतिपादक झापा दमकका खेमलाल पोखरेलसहित दमकका तीन जना  अंग्रेजी साहित्यकारहरु भारतको स्वतन्त्रता साहित्य अवार्डबाट पुरस्कृत भएका छन ।

पुरस्कृत हुनेहरुमा दमककै तोयानाथ चापागाइँ र विष्णु प्रसाद भट्टराई  हुन ।  अंग्रेजी साहित्यमा विशेष योगदान पुरयाए वापत उनीहरुलाई भारतको ७५ औं स्वतन्त्रता साहित्य अवार्ड प्रदान गरिएको हो । दिवसको उपलक्ष्यमा विश्व अंग्रेजी साहित्यकारहरुको छाता संस्था मोटिभिसनल स्ट्रिप्स र गुजरात साहित्य एकाडेमीले संयुक्त रुपमा सो अवार्ड प्रदान गरेका हुन ।

अवार्ड पाउने ६ जना अंग्रेजी साहित्यकार नेपालीहरुमा  कृष्ण चाम्लिङ, तुलसी श्रेष्ठ र हुम आले रहेका छन । आयोजक संस्था मोटिभिसनल स्ट्रिपका संस्थापक सिजु एच पालिथाजेथ र गुजरात साहित्य एकाडेमीका संस्थापक डा. विष्णु पाण्डेय हुन ।

 

Facebook Comments Box