दमक/झापा बाह्रदर्शी गाउँपालिका वडा नं. ७ सिमल चौक स्थित भित्री पक्की सडक खण्डमा कारको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
दक्षिणवाट उतर तर्फ जादै गरेको प्र १–०१–०१२प १९४२ नम्बरको स्कुटरलाई सोही दिशा तर्फै जादै गरेको प्र.१–०१–००१ च ७२७७ नम्बर को कारले पछाडीवाट ठक्कर दिदा भएको सवारी दुर्घटनामा तत्काल पुरा ठेगाना नखुलेकी जनकपुरकी ३२ बर्षिया सरस्वती मगरको मृत्यु भएको हो ।
स्कुटर चालक सोही ठाउँकी २८ बर्षिया प्रमिता कार्कीको गम्भिर अवस्थामा विएण्डसी अस्पताल विर्तामोडमा उपचार भइरहेको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । कार चालक ईलाम माई जोगमाई गाउँपालिका वडा नं. २ का २४ बर्षिय जंगबहादुर बस्नेतले मादक पदार्थ सेवन गरेर सवारी चलाएको पाइएको ट्राफिक प्रहरीले जनाएको छ । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यसैगरी ईटहरी १३ स्थित कोशी लोकमार्गमा काली मन्दिर चोकबाट भित्रि सडक तर्फ जाने क्रममा ना ४ ख ८३७१ नम्बरको ट्रकले पछाडीबाट पैदल यात्रीलाई ठक्कर दिँदा विराटनगर ६ की ३५ बर्षिया झुल्किदेवी कामतको मृत्यु भएको हो । गम्भिर घाईते उनको उपचारार्थ कोशी अस्पताल बिराटनगर पठाईएकोमा उपचारको क्रममा रातीनै मृत्यु भएको हो ।