दमक/ कांग्रेस केन्द्रिय समितिको बैठक सञ्चालन भइरहेका बेला झापाका तीन जनासहित देशभरका २२ जना आमन्त्रित केन्द्रिय सदस्यहरुले एकसाथ राजीनामा दिएका छन । झापाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यसहित २२ जनाले आफ्नो पदबाट राजीनामा दिएको घोषणा गरेका हुन ।
अन्यौल अवस्थामा रहेको पार्टीको १४ औं महाधिवेशनमा पार्टीमा आफ्नो हैसियतको विषय उठाएर २२ जना आमन्त्रित केन्द्रीय सदस्यहरुले केहि दिन अघि नै सामुहिक राजीनामा दिएका थिए । यो बिषयले जारी केन्द्रिय समितिको बैठकमा प्रवेश पाओस भन्ने हाम्रो उद्धेश्य हो– पदबाट राजनीनामा गरेका दिलिप राईले निष्कर्ष न्यूजसंगको टेलिफोन कुराकानीमा भने । हाल पार्टीको बैठकमा सहभागी नेता राईले भने– हामीले महाधिवेशनमा वडा तहबाट चुनिनुपर्ने व्यवस्थाका कारण राजीनामा गरेका होइनौं केन्द्रिय सदस्यहरु सो सरहको हैसियत हुनुपर्यो भन्ने कुरा हो, कि त उहाँ ( अरु केन्द्रिय सदस्य) हरु पनि वडाबाटै चुनिएर आउनु पर्यो, होइन भने आमन्त्रित केन्द्रिय सदस्य पद भनाउनकै लागि मात्रै हुनुभएन हैसियत बिनाको पदमा बसिरहने कुरा भएन , यो हाम्रो सामुहिक एजेण्डा हो । पार्टीको १४ औँ महाधिवेशन अनिश्चित बन्दै गएको बेला २२ जनाको राजीनामाले पार्टीमा तरंग उत्पन्न गरि दिएको छ ।
हामीले सामुहिक राजीनामा दिएका हौ– झापाबाट आमन्त्रित अर्का केन्द्रीय सदस्य रहेक सुधीरकुमार शिवाकोटीले भने , ‘प्रोटोकलमा ठूलो देखाउने तर हौसियत प्रदेशसभाको पराजित उम्मेदवार जत्तिको पनि नहुने भएपछि किन बस्नु भनेर राजीनामा दिएका हौँ ।’
काँग्रेसको बिधानमा बर्तमान केन्द्रीय सदस्य, संघ र प्रदेश सांसदमा उम्मेद्वार रहेका ब्यक्ति लगायतले महाधिवेशनमा एक पटकका लागि क्षेत्रीय प्रतिनिधिका लागि वडाबाट आउनु नपर्ने ब्यवस्था छ तर आमन्त्रित केन्द्रीय सदस्यहरुले भने वडाबाटै क्षेत्रिय प्रतिनिधि भएर आउने पर्ने अवस्था छ ।

सामुहिक राजीनामा दिने २२ जना आमन्त्रित केन्द्रीय सदस्यहरु ।
१) सुधीरकुमार शिवाकोटी (झापा)
२) गोपालकुमार बस्नेत (झापा)
३) दिलीप राई (झापा)
४) आनन्द (गोरख) विष्ट (नेजस अमेरिका)
५) नरेन्द्रकुमार चौधरी (सुनसरी)
६) हसन अन्सारी (मोरङ)
७) किरणराज शर्मा पौडेल (बाग्लुङ)
८) रमा कोइराला पौडेल (सुनसरी)
९) कृष्णकिशोर घिमिरे (दाङ)
१०) कुमार खड्का (कास्की)
११) नन्दनकुमार दत्त (सुनसरी)
१२) मनोहरनारायण श्रेष्ठ (धनकुटा)
१३) ध्रुव वाग्ले (तनहुँ)
१४) मोहनसिंह राठौर (कैलाली)
१५) शम्भुलाल श्रेष्ठ (सर्लाही)
१६) अभिषेक प्रताप शाह (कपिलवस्तु)
१७) दयाराम पाण्डे (लम्जुङ)
१८) जनकराज कलौनी (डडेल्धुरा)
१९) भूमिबहादुर (विश्व) गुरुङ (स्याङ्जा)
२०) बालकृष्ण पाण्डेय (नेजस भारत)
२१) आशाराम चौधरी
२२) राजेन्द्रबहादुर सिंह

Facebook Comments Box