इटहरी/सुनसरी बराहक्षेत्र नगरपालिका १ का ६३ बर्षीय बरम बहादुर राईलाई एक थान भरुवा बन्दुक सहित प्रहरीले पक्राउ गरेको छ । गत श्रावण २६ गते राईले बाँदरलाई गोली हान्दा उनकै नाती १३ बर्षीय अभिषेक राईलाई छर्राले लागेर घाईते भएका थिए ।

सो घटनापछि हिजो जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले राईलाई विराटनगरबाट पक्राउ गरेको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ । पक्राउ परेका राईको घर कोठा भित्र आज एक नाल भरुवा बन्दुक समेत बरामद गरेको हो । उनलाई ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट ज्यान मार्ने उद्योग र हातहतियार मुद्दामा अनुसन्धान प्रकृया अगाडी बढाईएको छ ।

Facebook Comments Box