दमक/कमल गाउँपालिका वडा नं. ३ केर्खाकी क्यान्सर पीडित एक युवतीको उपचारका लागि राप्रपाले नगद ५१ हजार रुपैयाँ सहयोग प्रदान गरेको छ ।

स्थानीय जानुका दुलाललाई पार्टीको तर्फबाट सो सहयोग रकम प्रदान गरिएको पार्टीका गाउँ समिति अध्यक्ष दिपक खरेलले जानकारी दिए ।
पार्टीका झापा क्षेत्र नं ५ का क्षेत्रीय अध्यक्ष भीम प्रसाद पौडेलको अगुवाईमा पार्टीमा आस्थावान सदस्यहरूबाट आर्थिक संकलन गरी उनको उपचारार्थ सो रकम प्रदान गरिएको हो । राप्रपा कमल गाउँपालिका वडा नं. ३ को वडा कार्यालयमा राप्रपा प्रदेश एकका अध्यक्ष राम थापा, जिल्ला अध्यक्ष केशव ओझा, क्षेत्रीय अध्यक्ष पौडेल , गाउँ समिति अध्यक्ष खरेल लगायतले सो रकम हस्तान्तरण गरेका हुन ।

Facebook Comments Box