पथरिशनिश्चरे, साउन -१४/
भोलि मिति २०७८/०४/१५ गते राति १ बजेदेखि २४ गते राति १२ बजेसम्मको लागि मोरङ्ग जिल्ला भरिका लागि जिल्ला प्रशासन कार्यालय मोरङ ( डिएओ) ले पुनः निषेधाज्ञा जारी गरेको छ ।
विषेशत: उत्तरी मोरङ्गका धेरै पालिकाहरूमा कोरोना भाईरसको दोस्रो लहरको संक्रमणको क्रम केही कम भए पनि पुर्ण रूपमा नियन्त्रण भैनसकेको र पुनः संक्रमण फैलिन सक्ने जनाउँदै विहीवार दिउँसो प्रमुख जिल्ला अधिकारीद्वारा हस्ताक्षरित निषेधाज्ञा आदेश पुनः जारी भएको हो ।
जिल्लाका दक्षिणी पालिकाहरूको तुलनामा
उत्तरी भुभागमा रहेका पालिकाहरूमा कोभिडको संक्रमण दर नियन्त्रणमा आइनसकेको र मृत्यु हुने क्रम न्यून नभएको भन्दै प्रजिअ कोशहरि निरौलाले थप १० दिनका लागि निषेधाज्ञा जारी गर्नु भएको हो ।मोरङ जिल्लामा गत २४ घण्टाभित्रमा ५ महिला सहित कूल १३ जना नयाँ काेराेना संक्रमित थपिएको डि ए ओ ले जनाएको छ । यो सहित जिल्लामा कूल २० हजार ४ सय १४ कोरोना संक्रमितहरूको संख्या पुगेको छ भने उपचार सेवा पाई पुर्ण रूपमा निको हुने १५ हजार २ सय ३५ जना रहेका छन् । जसमा ३ सय ६३ जनाको अकालमै ज्यान गएको छ । अन्य सक्रिय संक्रमितको जिल्लास्थित विभिन्न अस्पतालको भेन्टिलेर तथा आईसियुमा उपचार भइरहेको बताएइकाे छ ।

Facebook Comments Box