काठमाडौं/प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले जिम्मेवार प्रतिपक्षको भूमिका खेल्ने जनाएको छ । प्रतिनिधिसभाको आजको बैठकमा नवनियुक्त प्रधानमन्त्री देउवालाई बधाई तथा शुभकामना दिदैं एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले भन्नु भयो– हामीले नयाँ प्रधानमन्त्री पाएका छौं, बधाई दिन उभिएको छु, केही जिज्ञासा छन्, ती विषय सभामुखमार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गराउछु ।”
नेपाली कांग्रेसका सभापति देउवा अदालतको परमादेशअनुरुप गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । विसं २०४८ देखिकै संसदमा प्रधानमन्त्री देउवासग एमालेको मित्रता र उठबस रहेको स्मरण गर्दै पूर्वसभामुख नेम्वाङले भन्नुभयो–हामी जिम्मेवार प्रतिपक्षको भूमिका खेल्छौं, कस्तो संस्कृतिको विकास गर्ने भन्नेमा हामीले हेक्का गर्नुपर्छ ।”
कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीच शक्तिपृथकीकरण कायम गर्ने सन्दर्भमा सर्वोच्च अदालतको फैसलाले कमजोर तुल्याएको जनाउदै तत्कालीन संविधानसभाका अध्यक्ष नेम्वाङले निर्वाचनमार्फत जनप्रतिनिधि चुन्न पाउने र ताजा जनादेशमा जाने कुरालाई निरङ्कुश भन्न नमिल्ने धारणा व्यक्त गर्नुभयो ।
शक्ति सन्तुलनको सिद्धान्तका आधारमा सन्तुलन र समन्वय हुनुपर्छ, फैसलाबाट सन्तुलन खलबलिन पुगेको छ भन्ने भान भएको छ, यसमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनु चाहन्छु”, उपनेता नेवाङले भन्नुभयो, बेठीकलाई बेठीक भन्छौ, जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्छौं, प्रत्येक मन्त्रालयको अनुगमन गर्छौं, सरकार के गर्दैछ भनी निगरानी राख्छौ, तपाईसग सम्बन्ध राख्छौं, पार्टीभित्रका अरुसग गठबन्धन गर्दैनौं ।”
आफनो पार्टीमा व्ह्पि लाग्ने तर अरु पार्टीमा व्ह्पि लाग्दैन भन्नु कति लोकतान्त्रिक हो भनी प्रश्न गर्दै नेम्वाङले अदालतबाट दलको निर्वाचन चिह्न र टिकटमा उठेको सांसदलाई पार्टीको नियन्त्रण नहुने व्यवस्थाले लोकतन्त्र र दलीय व्यवस्थालाई संस्थागत गर्न मलजल नगर्ने धारणा व्यक्त गर्नुभयो ।

Facebook Comments Box