दमक/लायन्स क्लब अफ दमक माउण्ट एभरेष्टको नया नेतृत्वलाई पदहस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । दमककै पुरानो सो क्लबका निवर्तमान अध्यक्ष दिनेश अग्रवालले नव निर्वाचित अध्यक्ष तुलसीराम दंगालको नेतृत्वमा रहेको कार्यसमितिलाई आज बुधबार आयोजित कार्यक्रममा पद हस्तान्तरण गरेको हो ।


क्लबका पूर्व अध्यक्ष समेत रहेका लायन पदम क्षेत्री (एमजेएफ ) को प्रमुख आतिथ्यमा कार्यक्रम गरी वर्ष २०२१ –२२ को नवनिर्वाचित सो कार्यसमितिलाई पद हस्तान्तरण गरिएको हो ।
त्यस अवसरमा अध्यक्ष दंगालसहित निर्वाचित पदाधिकारीहरुलाई निवर्तमान अध्यक्ष दिनेश अग्रवालले अध्यक्ष लोगो, बैठक पुस्तिका प्रदान गरेर पद हस्तान्तरण गरेका क्लबका निवर्तमान सचिव नेत्र चम्लागाईले जानकारी दिए ।
क्लबको नया समितिको प्रथम उपाध्यक्ष डा. सूर्यनारायण शाह,द्वितीय उपाध्यक्षमा बुद्धिशेखर भट्टराई,तृतीय उपाध्यक्षमा भगवान बस्नेत, सचिवमा मनोज अग्रवाल र कोषाध्यक्षमा सोनु भगत चुनिएका छन् ।


पद हस्तान्तरण कार्यक्रममा क्लबका निवर्तमान अध्यक्ष दिनेश अग्रवालले आफनो कार्यकालमा सहयोग पुर्याउने लायन तथा अतिथिहरुलाई मायाको चिनो वितरण गरेका थिए भने अध्यक्ष दंगालले प्रतिवद्धता मन्तव्य राखेका थिए ।
पद हस्तान्तरण कार्यक्रममा लायन लिडर बबरजंग थापा , क्लबका पूर्व अध्यक्षहरु तीर्थनारायण श्रेष्ठ, चन्द्रबहादुर गजमेर, औषधी व्यवसायी संघ झापाका अध्यक्ष गौतम गुप्ता ,दमक उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष राजेन्द्र ढकाल , सामाजिक व्यक्तित्वहरु केन्द्र बहादुर प्रसाइ, गोविन्दराज कट्टेल लगायतको उपस्थिति रहेको थियो । सो क्लव सन् २००४ मा स्थापना भएको हो ।

Facebook Comments Box