दमक/ प्रदेश एकका अलग अलग ठाउमा भएका घटनामा तीन जनाको मृत्यु भएको छ । झापा भद्रपुर–६ का २४ बर्षीय अर्पण श्रेष्ठको पानी सर्कीएर मृत्यु भएको हो । आज बिहान साढे ७ बजे आफ्नै घरमा गिलासबाट पानी पिउने क्रममा एक्कासी पानी सर्कीएर बेहोस भएका उनको मेची अस्पताल भद्रपुरमा उपचारको क्रममा पौने ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । त्यसैगरी झापा मेचीनगर–३ सिर्जना बस्तीका ३१ वर्षीय सरोज किसानको करेन्ट लागेर मृत्यु भएको छ ।
आज दिउसो साढे २ बजे सोही ठाउको गंगटे खोल्सामा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनले हाईटेन्सन लाईनमा तार जोडेर करेन्ट लगेका थिए ।
त्यसैगरी इलाम माङसेबुङ गाउपालिका–४ मार्चेबुङका ३६ बर्षीय धन बहादुर राईको मोटरसाईकल दुर्घटनामा मृत्यु भएको छ । हिजो दिउसो ४ बजे मार्चेबुङ वडा नम्बर–४ का वडा सदस्य समेत रहेका राई कार्यालयबाट मे ८ प ६०४ नम्बरको मोटरसाईकलमा घर तर्फ आउदै गर्दा रतुवा पुल नजिक मोटरसाईकल आफैं अनियन्त्रित भई सेतेभिरबाट अन्दाजी १०० मिटर तल झरेर दुर्घटना हुदा उनी गम्भीर घाईते भएका थिए । टाउकोमा चोट लागेका उनको बि एण्ड सी अस्पताल बिर्तामोडमा उपचारको क्रममा राती पौने १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।

Facebook Comments Box