विराटनगर / लायन्स क्लव डिष्ट्रिक ५५ ए वान जोन ३६ले एक हप्तामा विभिन्न ९ वटा सेवामूलक काम गरेको छ ।
डिष्ट्रिक गभर्नर रेवतबहादुर कार्कीले जुलाई १ तारिक देखि७तारिकलाई सर्भिस विक घोषणा गरेका थिए । सोही घोषणा अनुसार लायन्स क्लव डिष्ट्रिक ५५ ए वानजोन ३६ ले ७ वटा कार्यक्रम गर्नुपर्ने थियो । तर, सो अवधिमा आफूहरुले ९ वटा कार्यक्रम गरेको जोन चियर पर्सन घनश्याम पोखरेलले जानकारी दिए ।


लायन्स क्लवले विराटनगरस्थित मानव सेवा आश्रमका ७७ जना वृद्धवृद्धालाई निःशुल्क सुगर फ्रि जाँच, बालिका स्कुलमा २ सय वटा वृक्षारोपण, मानवसेवा आश्रममै २० हजार बराबरको मास्क र सेनिटाइजर वितरण तथा ४ लाखमूल्य बराबरको चामल प्रदान गरेको थियो ।
यस्तै क्लवले रक्तदान कार्यक्रम, वेट चेकअप क्याम्प तथा ब्लड प्रेसर जाँच जस्ता कार्यक्रम गरेको लायन्स क्लव डिष्ट्रिक ५५ ए वान जोन ३६ का जोन चियर पर्सन घनश्याम पोखरेलले जानकारी दिए ।

 

Facebook Comments Box