गौरीगञ्ज/गौरीगञ्ज गाउँपालिकाको नवौं गाउसभामा प्रस्तावित नीति, वजेट तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ । असार १० गते नवौ गाउसभामा पेश भएको नीति , बजेट तथा कार्यक्रम सघन छलफलपछि सोमबार ( आज) पारित भएको हो । गौरीगञ्ज गाउँपालिकाको नवौं गाउसभाबाट आर्थिक वर्ष २०७८/०७९ को लागि ४६ करोड ३४ लाख ७४ हजार ३ सय ७० रुपैयाँको कुल वजेट प्रस्ताव गरिएको थियो । जसमध्ये १ करोड ५८ लाख ७५ हजार ६ सय ३० रुपैया घाटा वजेट प्रस्तुत गरिएको थियो ।


गाउपालिका स्तरिय सडक, पुल, कल्भर्ट शिषर्क अन्तर्गत २ करोड २५ लाख रूपैया वजेट पारित भएको छ । तर गाउपालिकाको ६ वटै वडाबाट प्रस्तावित योजनाहरूका लागि यो रकम अपुग देखिएको छ । प्रस्तावित योजनाहरूको लागि ३ करोड ९१ लाख वजेट मध्ये १ करोड ६६ लाख रूपैया अपुग देखिएको हो । गाउँपालिकाले गाउँपालिका स्तरिय विपन्न आवासमा ५० लाख, विद्युत विस्तारमा १९ लाख, नविकरणीय उर्जामा ५ लाख, खानेपानी संरचना निर्माणमा २५ लाख, पर्यटनमा ५ लाख, सहकारीमा ५ लाख, युवा तथा खेलकुदमा २० लाख, पुर्ण सरसफाईमा ३ लाख, संस्कृतिक प्रवर्धनमा २८ लाख, सिंचाइ संरचना निर्माणमा १५ लाख रूपैयाँ वजेट छुट्याईएको छ ।
गाउ सभा समापन कार्यक्रममा उत्कृष्ट कार्य गरेको भन्दै दुई जनालाई नगदसहित खादा ओढाएर सम्मान गरिएको छ । स्वास्थ्यकर्मी सुमित्रा गुरूङ्ग ‘सुमी’ र निर्माण व्यवसायी ध्रुव कुमार उप्रेतीलाई गाउपालिकाले सम्मान गरेको हो ।
गौरीगंज गाउँपालिका अन्तर्गत गौरीगञ्ज प्राथमिक स्वास्थ्य केन्द्र खजुरगाछीको ल्याव टेक्निसियनको रूपमा कार्यरत सुमित्रालाई नगद १५ हजारसहित खादा ओढाएर सम्मान गरिएको छ । उनलाई गाउँपालिकका अध्यक्ष बाबुराजा श्रेष्ठ, उपाध्यक्ष दिपिन्द्र थापा, प्रमुख प्रशासकिय अधिकृत राजु दाहाललगायतले नगद, प्रमाणपत्र र खादा ओढाएर सम्मान गरेका थिए ।

गौरीगंज गाउपालिका वार्ड नं. ६ मा रहेको गौरीगञ्ज खजुरगाछी प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याव टेक्निसियनको रूपमा करिब ४ बर्षदेखि कार्यरत छिन् । कोरोना संक्रमणको समयमा साहसपूर्वक कर्तव्यनिष्ठ भई सर्वसाधारणको स्वाव संकलन लगायतका काममा निरन्तर योगदान गरे वापत उनलाई सम्मान गरिएको हो ।
भोजपुरमा जन्मेकी उनी हाल पथरी नगरपालिका वार्ड नं. १ की स्थायी बासिन्दा हुन । त्यसैगरी गाउँपालिकाले समता कन्ट्रक्सन कम्पनी प्रालि विर्तामोडका प्रोपाईटर ध्रुवकुमार उप्रेतीले विकास निर्माण योजना निर्धारित समयमै सम्पन्न गरि गाउपालिकाको विकास निर्माणका सहयोग पुर्याएको भन्दै सम्मान स्वरूप प्रसंशापत्र प्रदान गरेको छ ।

 

Facebook Comments Box