दमक/बर्षायामसंगै बालबालिकाहरु जोखिममा परेका छन । बर्षाका कारण घर नजिकैका खोला खेल्सीमा जमेको पानी, नदी नाला आदीमा बालबालिकाहरुको ज्यान जाने गरेको छ । आइतबार मात्रै प्रदेश एकका विभिन्न स्थानमा दुई जना बालबालिकाको मृत्यु भएको छ । त्यस्तै अन्य दुई जना डुबेर वेपत्ता भएका १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
काबेली खोलामा पौडी खेल्न पसेका ६ जना मध्ये २ जना बालबालिका डुबेर वेपत्ता भएका छन । आइतबार दिउसो खोलामा परेका उनीहरुको सोमबार दिउसो सम्म पनि अत्तो पत्तो छैन ।

वेपत्ता हुनेमा पाचथरको याङवरक गाँउपालिका ४ का १६ बर्षीय लक्ष्मण योङहाङ र १३ बर्षीय बिपल योङहाङ रहेका छन् । आईतवार दिउँसो साढे १२ बजे ६ जनाको समुहमा पौडी खेल्न गएका उनीहरु मध्ये लक्ष्मण र बिपललाई खोलाले बगाएर बेपता बनाएको हो । जिल्ला प्रहरी कार्यालय पाचथरबाट प्रहरी नायव उपरीक्षकको कमाण्डमा उद्धार सामाग्री सहितको प्रहरी टोलीले उनीहरुको खोजी जारी राखेको जनाइएको छ । त्यसैगरी सुनसरीको कोशी गाउँपालिका–५ का अजल मियाका ९ बर्षीय छोरा ईर्फान मियाको पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको छ । आईतवार दिउसो ३ बजे घर नजिकै खेल्ने क्रममा सोही ठाउमा पानी जमेको खाल्डोमा अचानक डुबेर घाईते भएका मियाको उपचारको क्रममा जिल्ला अस्पताल ईनरुवामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । त्यसैगरी उदयपुरको रौतामाई नगरपालिका–४ माल्वासेका १३ बर्षीय बालक बिशाल सार्कीको भिरबाट लडेर मृत्यु भएको छ । घर नजिकै रहेको जंरगेडाडा भिरमा बाख्रा चराउन गएका उनको आईतवार अपरान्ह पौने ५ बजे सोही भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

 

Facebook Comments Box