काठमाडौैं/जबरजस्ती सामाजिक सुरक्षा कोषमा लैजान खोजिएको भन्दै वाणिज्य बैंकका कर्मचारी युनियनहरुले कोषविरुद्ध सर्वोच्च अदालतमा मुद्धा दायर गरेका छन्। २२ वटा वाणिज्य बैंकका कर्मचारीहरुले बैंकबाट कर्मचारीले खाईपाई आएको सुविधासमेत कटौती गरेर कोषमा जान बाध्य पारिएको भन्दै आइतबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका हुन्। हाल नेपालमा रहेका २७ वटा वाणिज्य बैंकमध्ये ३ वटा सरकारी बैंक कोषमा जानु पर्ने बाध्यतामा छैनन् भने निजी क्षेत्रका स्ट्यान्डर्ड चार्टर्ड र लक्ष्मी बैंक कोषमा आबद्ध भइसकेका छन्।

Facebook Comments Box