दमक/ काठमाडौंको टोखामा टिपरको ठक्करबाट दुई जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् ।
प्रहरीका अनुसार शनिबार राति पौने ११ बजे बा २ क ३४६६ नम्बरको टिपरको ठक्करबाट प्रदेश ३–०२–०१० प ७२२१ नम्बरको मोटरसाइकलका चालक नुवाकोटको बेलकोट नगरपालिका–६ का २६ वर्षका सन्तोष अधिकारी र मोटरसाइकल पछाडी सवार सोही ठाउँका २२ वर्षका दिपेश थापाको घटनास्थलमा नै ज्यान गएको हो ।
मोटरसाइकलकै पछाडि बस्ने ३० वर्षका सागर खतिवडा भएका छन । उनको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।